मुग्लिन–नारायणगढ सडकमा सुरक्षा बढ्यो

तुइन खोला पुल नजिक पहिरो जोखिम क्षेत्रमा फ्लड लाइट जडान

चितवन /मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकको पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा दुई स्थानमा फ्लड लाइट जडान गरिएको छ।

उक्त स्थानमा माथिबाट जुनसुकै समयमा ढुंगा खस्न सक्ने समस्या देखिँदै आएकोले सवारी साधन सञ्चालन गर्दा चालक र यात्रुका लागि जोखिम रहने गरेको थियो। विशेषगरी रातको समयमा अँध्यारोका कारण सडक र आसपासको अवस्था स्पष्ट देख्न कठिन हुँदा दुर्घटनाको सम्भावना झन् बढ्ने गरेको थियो।

अब फ्लड लाइट जडान गरिएसँगै रातिको समयमा पनि सडक र माथिबाट खस्न सक्ने ढुंगाको अवस्था सहजै देख्न सकिने अपेक्षा गरिएको छ। यसले सवारी चालकलाई सडकको अवस्था बुझ्न र सम्भावित जोखिमबाट सतर्क रहन ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित निकायले उक्त क्षेत्र पार गर्दा चालक तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन समेत आग्रह गरेको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार