ठमेलमा युवतीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं । ठमेलमा हिँडिरहेकी एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भद्रकाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित संयुक्त टोलीले ती युवकलाई पक्राउ गरेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले युवक पक्राउ परेको पुष्टि गरेका छन्। पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं प्रहरी परिसरमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार