रसुवा पठाइएको ६ हजार लिटर इन्धन बाटोबाटै फर्कियो, भोलि ट्रयाक्टरबाट लगिने

काठमाडौँ । बाढी र पहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेको रसुवामा पेट्रोलियम पदार्थ बोकेको गाडी बाटो खराब भएको कारण फर्किएको छ ।

जिल्लामा सञ्चालनमा रहेको एकमात्र गन्तव्य पेट्रोल पम्पका लागि नेपाल आयल निगमले पठाएको ६ हजार लिटर इन्धन बोकेको गाडी बाटोको खराब अवस्थाका कारण बिचबाटै फर्कन बाध्य भएको छ ।

​नुवाकोट छिर्ने नाकासम्म पुगेको इन्धन बोकेको सवारी सडक बिग्रिएका कारण अगाडि बढ्न नसकेपछि फर्केर सूर्यमतीमा अनलोड गरिएको छ।

​गन्तव्य पेट्रोल पम्पका अनुसार आज निगमबाट इन्धन बोकेको गाडी रसुवातर्फ पठाइएको भए पनि बाटोका कारण गन्तव्यसम्म पुग्न सकेन । ६ हजार लिटरको ट्याङ्कर तेल बोकेर गएको थियो । तर नुवाकोट छिर्ने नाकाबाटै बाटो खराब भएर गाडी अगाडि बढ्नै सकेन र फर्कियो हो ।

गाडी फर्काएर अहिले सूर्यमतीमै इन्धन बट्टाहरू अनलोड गरिएको छ। अब भोलि ट्र्याक्टरमार्फत ती इन्धनका बट्टाहरू रसुवातर्फ लैजाने तयारी भएको छ ।

​नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले पेट्रोलियम पदार्थ बोकेको ६ हजार लिटरको गाडी बाटो खराब भएकाले फर्किएको बताए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार