महामन्त्री कबिन्द्र बुर्लाकोटी

पहिलो महाधिवेशनले रवि लामिछानेलाई सभापति चयन गर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको पहिलो महाधिवेशनले रवि लामिछानेलाई नै सर्वसम्मत रूपमा सभापति चयन गर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले सभापति पदमा लामिछाने नै दोहरिने बताएका हुन् । उनले पार्टीलाई बलियो र एकढिक्का बनाउँदै देशलाई निकास दिनका लागि पनि नेतृत्वमा हानथाप गर्न उचित नहुने धारणा राखे।

सभापति बाहेक अन्य विभिन्न पदमा आकाङ्क्षी प्रस्तुत गर्नु स्वाभाविक भएपनि औपचारिक रूपमा कुनै छलफल नभएको उनले बताए ।

उनले महाधिवेशनलाई सफल बनाउन उपसमिति बनाएर काम भइरहेको र तीव्र रूपमा तयारी अघि बढिसकेको बताए । रास्वपाले पार्टीको स्थापना दिवस पारेर पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरिसकेको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार