चितवन इच्छाकामना–१ र २ मा उपभोक्ता समितिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चितवन/ईच्छाकामना- चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ मा उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनासम्बन्धी अभिमुखीकरण कार्यक्रम वडा नम्बर १ र २ मा सम्पन्न गरेको छ।

उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित रूपमा कार्यान्वयन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीलगायत सम्बन्धित वडाका वडा अध्यक्षहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाको कार्यान्वयन, योजना व्यवस्थापन तथा प्रक्रियाबारे जानकारी गराइएको थियो। साथै, योजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धित पक्षको जिम्मेवारी र समन्वयको महत्त्वमा जोड दिइएको थियो।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का योजनाहरू व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभिन्न वडामा यस्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार