हिमाली/पहाडी क्षेत्रमा वर्षा र तराईमा तातो लहरको पूर्वानुमान

काठमाडौं । देशका अधिकांश स्थानहरूमा केही दिनदेखि तापक्रम बढ्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार (वैशाख ९) देशका तराई क्षेत्रमा तातो दिन/तातो लहरको पूर्वानुमान गरेको छ । साथै, हिमाली र पहाडी भूभागमा चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले मंगलबार साँझ ५:४५ मा गरेको मापनअनुसार, भैरहवाको तापक्रम ४२ डिग्री सेल्सियस र सिमराको ४०.३ डिग्री सेल्सियस छ ।

विभागका अनुसार, आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोसी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार