काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीका रोकिएका पुरस्कार उपलब्ध गराउन खेलकुद मन्त्री सस्मित पोखरेलको ध्यानाकर्षण गराएको छ ।
खेलकुद परिषद्को निरीक्षणका लागि पुगेका मन्त्री पोखरेललाई सदस्यसचिव रामचरित्र मेहताले रोकिएका पुरस्कार उपलब्ध गराउन मन्त्रीलाई आग्रह गरेका हुन् ।
उनले राखेपको संरचना, कार्यक्षेत्र , बजेट, भौतिक पूर्वाधार लगायतका विषयमा पनि मन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

राखेप पुगेका मन्त्री पोखरेलले खेलकुदको दीर्घकालीन विकासमा सरकार केन्द्रित हुने बताए । खेलकुद मन्त्री राखेपको बोर्ड अध्यक्ष रहने प्रावधान छ ।
उक्त अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युत लामिछानेले सबै मिलेर समग्र राष्ट्रको खेलकुदलाई माथि उठाउनुपर्ने बताए । तेक्वान्दो खेलाडी समेत रहेका लामिछानेले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए ।
मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, हाइ पर्फमेन्स सेन्टर र पौडी पोखरीको समेत निरीक्षण गरेका छन् । -0-