पुर्ब प्रधानमन्त्री तथा गृहमन्त्री

ओली–लेखक आज अदालतमा, देशभर चासो र तनाव उच्च

काठमाडौं, १५ चैत — जेनजी आन्दोलन दमन प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ।

शनिबार सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएकोमा आज बिहानै दुवै नेतालाई अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ।

गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा ३ जना प्रहरीसहित ७६ जनाको ज्यान गएको थियो भने २४ सयभन्दा बढी घाइते भएका थिए। प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका संवेदनशील संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो।

उक्त घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोग ले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। सोही सिफारिस कार्यान्वयन गर्दै बालेन्द्र शाह नेतृत्वको सरकारले कडा कदम चालेको हो।

चैत १४ गते बिहानै भक्तपुरस्थित निवासबाट पक्राउ गरिएका ओली हाल त्रिवि शिक्षण अस्पताल मा स्वास्थ्य निगरानीमा छन् भने लेखकलाई महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको छ।

ओली–लेखक पक्राउपछि देशभर राजनीतिक तरंग सिर्जना भएको छ भने समर्थकहरूको प्रदर्शनले स्थिति थप तनावपूर्ण बनेको छ। 

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार