प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीको सपथ भोलि हुने भएको छ । उनले भोलि बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।
नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट सपथ लिएपछि उनैले आगामी चैत १२ गते अन्य सांसदहरुलाई सपथ गराउनेछन् । सांसदहरुको सपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा आवश्यक संंरचना तयार पारिरहेको छ ।
उता, राष्ट्रपति कार्यालयले पनि नयाँ प्रधानमन्त्रीको सपथको लागि आवश्यक तयारी थालेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा झण्डै दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह प्रधानमन्त्री बन्दैछन् । पार्टीले सुरुमा बालेनको सपथ सिंहदरबारभित्रै गराउने योजना बनाएकोमा राष्ट्रपति पौडेलले नमानेपछि शीतल निवासमै तय भएको बताइन्छ ।-0-


