दिउँसो १ बजे बैठक आह्वान

समानुपातिक सांसद टुंगो लगाउँदै कांग्रेस

काठमाडौँ । प्रतिनिधि सभामा नेपाली कांग्रेसले पाउने सदस्यहरुको संख्या निर्धारण भएपछि टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति आह्वान गरेको छ ।

बैठक दिउँसो १ बजे ललितपुर रहेको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट दलले प्राप्त गरेको २० सिटमा सदस्यहरूको नाम छनोटमा बैठक केन्द्रित हुने बताइएको छ ।

कांग्रेसले प्रत्यक्षमा भने १८ सिट मात्र जितेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार