समानुपातिकतर्फ कुन दललाई कति मत ?

काठमाडौं । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ४८ हजार २१७ मत पाएको छ ।

निर्वाचन आयोगका अनुसार एक करोड सात लाख ६९ हजार ५४३ मतमध्ये रास्वपाले उक्त मत पाएको हो ।

नेपाली कांग्रेसले १७ लाख ५४ हजार ३९५ मत पाएको छ । नेकपा (एमाले)ले १४ लाख ५१ हजार ९५६ मत पाएको छ ।

नेपाली कम्युनिस्ट (नेकपा)को आठ लाख नौ हजार ७१ मत पाएको छ ।

श्रम संस्कृतिको तीन लाख ८५ हजार ६८२ मत पाएको छ ।

राप्रपाले तीन लाख ३० हजार ८२ मत पाएको छ । समानुपातिकर्फको मतगणना सकिएको छ । तर, आयोगको बेवसाइटमा अपडेट भएको मत अन्तिम हो कि होइन भन्ने रुजु गर्न बाँकी भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

“समानुपातिकर्फको मतगणना सकिएको छ । सबै क्षेत्रको परिणाम अपडेट भएको छ कि छैन रुजु गर्न बाँकी छ,” उनले भने ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार