काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्ड र नेपालबीचको खेलमा १९ हजार बढी दर्शकले स्टेडियममा पुगेर खेल अवलोकन गरेका छन् ।
आईसीसीको तथ्यांकअनुसार शनिबार भएको नेपाल र इंग्ल्याण्डबीचको खेल हेर्न १९ हजार ३६९ दर्शक भारत मुम्बईको वानखेडे स्टेडियममा पुगेका हुन् । उक्त खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो ।
पाकिस्तान र नेदरल्यान्डसबिचको खेलमा ५ हजार, वेस्ट इन्डिज र स्कटल्याण्डबीचको खेलमा १५ हजार ८० र भारत र अमेरिकाबिचको खेलमा २८ हजार ७२६ दर्शक सहभागी थिए ।
यस्तै न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेलमा २४ हजार ९९१ तथा आयरल्यान्ड र श्रीलंकाबीचको खेलमा २३ हजार ४२९ दर्शक स्टेडियम पुगेर खेल हेरे ।


