काठमाडौं । सस्तो मूल्यमा सुन दिलाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने गिरोहमा संलग्नताको आरोपमा प्रहरीकै हवल्दार पक्राउ परेका छन् ।
प्रहरी वृत्त कालिमाटीको क्षेत्रबाट प्रहरीले माघ १४ गते पक्राउ गरेका तीन व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा नेपाल प्रहरीमा कार्यरत हवल्दार कर्णबहादुर सुनारको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
उनले करिब ६० लाख रूपैयाा ठगेको प्रहरीले बताएको छ ।
लुटपाटको शैली र घटनाका आधारमा उनीहरूमाथि डाँका चोरी मुद्दा चल्ने यथेष्ट आधार भएको उनले बताए । उनीहरूविरुद्ध सोही मुद्दामा म्याद थप भएको छ ।-0-
COVER PHOTO _ AI


