भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ ।
प्रशासकीय अधिकृत मदन लामा थिङले एक सूचना जारी गर्दै प्रतिनिधिसभाको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण एवम् विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेका हुन् ।
प्रशासनले १५ दिनभित्र नजिकको प्रहरी इकाइ तथा जिल्ला प्रहरी कार्यालदय चितवनमा हतियार बुझाउन अनुरोध गरेको हो ।
अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो। बुझाइएका हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भएको एक महिनापश्चात् सम्बन्धित भनीलाई फिर्ता पाउने गरी सुरक्षित राखिने सूचनामा उल्लेख छ ।


