काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज (माघ ५) पदबाट राजीनामा दिने तयारी छ ।
दिउँसो २ बजेअघि उनले राजीनामा दिने बालेनका शिक्षा सल्लाहकार सस्मित पोखरेलले बताए । त्यसपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने उनले जानकारी दिए ।
“२ बजे रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन मेयरज्यू जानुहुन्छ । त्यसअघि महानगरको प्रमुख पदबाट राजीनामा दिनुहुन्छ | -0-


