काठमाडौं । सिन्धुलीमा एसबीआई बैंकको शाखा कार्यालयमा लुटपाट भएको छ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो ।
घटना मंगलबार साँझ ७ बजेतिरको भएको सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । एसपी सुवेदीले लुटेराहरू जङ्गलतर्फ लागेको सूचना आएको बाह्रखरीलाई बताए । आफ्नै कमाण्डमा लुटेराहरूको खोजी भइरहेको उनले बताए ।
कति रकम लुटियो भन्ने यकिन भइनसकेको प्रहरीले जानकारी दिएको छ । ६/७ जनाको समूहमा आएकाहरूले लुटेको प्ररम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।
लुटेराहरूको आक्रमणमा परी बैंकका सेक्युरिटी गार्ड घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।-0-


