अनेरास्ववियु चितवनको संगठन बिस्तार अभियान इच्‍छाकामना बाट सुरु

चितवन – अनेरास्ववियु चितवनले आफ्नो संगठन बिस्तार अभियान आज इच्छाकामना गाउँपालिका स्थित सर्वसान्ती माध्यमिक विद्यालयबाट औपचारिक रूपमा सुरु गरेको छ। सम्मेलन नवीन रानभाटको अध्यक्षतामा, केन्द्रिय कमिटी सदस्य प्रशान्त सुवेदीको प्रमुख आतिथ्यतामा र जिल्ला संयोजक अमित आचार्य तथा अन्य विद्यार्थी नेताहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

अधिवेशनले अध्यक्ष कशिस गुरुङ सहित २१ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्यो। केन्द्रिय सदस्य प्रशान्त सुवेदीले मुलुकको प्रजातान्त्रिक आन्दोलन र विद्यार्थी आन्दोलनमा अनेरास्ववियुको योगदानको महत्त्वपूर्ण भूमिका उल्लेख गर्दै वर्तमान विद्यार्थीमा राजनीतिक चेतना अभावका कारण अराजक तत्वहरूले विद्यार्थी आन्दोलनलाई विकृत बनाएको बताए।

उनले “प्रगतिशील, देशभक्त र जनवादी विद्यार्थी एकजुट हौँ” भन्ने नाराका साथ अब अनेरास्ववियु प्रत्येक कलेजमा आफ्नो अभियान सक्रिय बनाउँदै आगामी विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य प्रकाश सिल्वाल गरेका थिए।-0-

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार