काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा तीन ठुला पार्टीबीच तालमेल हुने भएको छ । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालबीच तालमेलको सहमति भएको कांग्रेस नेता रमेश लेखकले बताए ।
उनका अनुसार कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट दिनेगरी सहमति भएको उनले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘७/७ सीटमा कांग्रेस र एमालेले चित्त बुझाइसकेको छ, नेकपाले हामीलाई चार सीट चाहिन्छ भनिरहेको छ, तर उहाँहरू पनि बेलुकासम्ममा सहमतिमा आउनुहुन्छ ।’
आज बेलुकासम्ममा सबै विषय टुंग्याउनेगरी छलफल भइरहेको बताए । राष्ट्रिय सभाको रिक्त १८ सीटका लागि माघ ११ गते निर्वाचन हुँदै छ ।


