मौलाकालिका अस्पतालद्वारा इच्छाकामना–१ मा न्यानो कपडा वितरण तथा स्वास्थ्य जाँच शिविर सम्पन्न

चितवन । मौलाकालिका अस्पताल प्रा.लि., भरतपुरले चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर १ स्थित श्री जनता आधारभूत विद्यालयका १४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुका साथै निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, इच्छाकामना गाउँपालिका प्रमुख दानबहादुर गुरुङ, मौलाकालिका अस्पताल सञ्चालक समितिका प्रतिनिधि ईश्वरी प्रसाद पण्डित, इच्छाकामना–२ का वडा अध्यक्ष पञ्चबहादुर प्रजा, वडा नम्बर ३ का अध्यक्ष तथा प्रवक्ता नरबहादुर नेपाल, वडा नम्बर ५ का अध्यक्ष तेजबहादुर शेरचन, समाजसेवी प्रकाश अधिकारी, स्थानीय युवा समाजसेवी दीपक पुरी, समाजसेवी महेन्द्र पुरीलगायतको उपस्थिति रहेको थियो।

स्वास्थ्य जाँच शिविरमा हाडजोर्नी विशेषज्ञ, महिला तथा बाल रोग विशेषज्ञसहितको चिकित्सक टोलीले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरेको थियो। कार्यक्रममार्फत विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै जाडो मौसममा आवश्यक न्यानो कपडा प्रदान गरिँदा अभिभावक तथा विद्यालय परिवारले खुशी व्यक्त गरेका छन्।

 

सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार