काठमाडौं । नेकपा एमालेमा अहिलेसम्म ८०२ मत खसेको छ । मतदान अहिले पनि जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।नले भने, ‘भोट हाल्नको लागि ९ मिनेटदेखि २ घण्टा चार मिनेटसम्म प्रतिनिधिले लगाएका छन् । त्यसैले समय लम्बिएको छ । मतदानको काम चलिरहेको छ । हामीले ८ घण्टामा सक्ने लक्ष्य राखेका थियौँ तर अनुमान अनुसार मिलिरहेको छैन ।’


