चितवन, १४ मंसिर । नेकपा (एमाले) चितवनले ११औं केन्द्रीय महाधिवेशनका लागि तीनै क्षेत्रबाट प्रतिनिधि छनोट प्रक्रिया निर्विरोध रूपमा सम्पन्न गर्दै चयन भएका प्रतिनिधिहरूको नाम सार्वजनिक गरेको छ। प्राप्त सूचनाअनुसार चितवन क्षेत्र नं. १, २ र ३ मा खुला, महिला तथा युवा कोटाबाट सर्वसम्मतिको आधारमा प्रतिनिधि चयन गरिएको हो।
निर्वाचन संयोजकहरूको हस्ताक्षरसहित जारी सूचीअनुसार चयन भएका प्रतिनिधिहरू यसप्रकार छन्:
चितवन क्षेत्र नं. १
खुला: कमलराज पाठक, यादवप्रसाद पाठक, गोविन्दप्रसाद कंडेल , जगन्नाथ आचार्य
महिला: चन्द्रादेवी तामाङ, शान्ति चौधरी, विमला दुवाडी
युवा: उत्तम सेढाई
चितवन क्षेत्र नं. २
खुला: डा. तिलचन्द्र भट्टराई, तेजेन्द्रबहादुर खड्का, शंकर अधिकारी, केशव लामा, पदमपाणि सुवेदी
महिला: विमला लामा, इच्छा त्रिपाठी, गीता श्रेष्ठ
युवा: प्रकाश आचार्य
चितवन क्षेत्र नं. ३
खुला: रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना, कृष्णप्रसाद भुर्तेल
महिला: सरस्वती विष्ट , निशा अधिकारी
युवा: प्रकाश भट्ट
उत्पीडित कोटा: श्यामलाल बि.क.
महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएपछि अब चितवन जिल्लाबाट औपचारिक प्रतिवेदन केन्द्रमा पठाइने एमाले चितवनले जनाएको छ।


