काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीसँग एकता गर्ने भएको छ । शुक्रबार साँझ बसेको विशेष बैठक (भर्चुअल)ले विवेकशील साझासँग एकीकरण गर्ने सर्वसम्मत प्रस्तावको रास्वपा केन्द्रीय समितिले स्वागत गरेको हो ।
बैठकले यही आइतबार (मंसिर १४) राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको छ ।
यसअघि विवेकशील साझा पार्टीले पनि रास्वपासँग एकीकरण गर्ने निर्णय गरिसकेको छ ।


