आगामी निर्वाचनका लागि दल दर्ता संख्या बढ्यो : प्रतिनिधि सभामा ५६ र राष्ट्रिय सभामा १३ दल दर्ता

८ मंसिर २०८२- काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने राजनीतिक दलको सङ्ख्या ५६ पुगेको छ। निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल दर्ता भएपछि यो संख्या पुगेको हो।

आइतबार दर्ता हुने दलमध्ये नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, जय मातृभूमि पार्टी, नेपाल नौलो जनवादी पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वाभिमान पार्टी, जनप्रजातान्त्रिक पार्टी तथा जनता प्रगतिशील पार्टी नेपाल रहेका छन्।

आयोगका अनुसार प्रतिनिधि सभामा भाग लिन पहिलो दिन मंसिर १ गते १२ दल, दोस्रो दिन ५ दल, तेस्रो तथा चौथो दिन ८–८ दल, पाँचौँ दिन ७ दल र सातौँ दिन आइतबार १६ दल दर्ता भएका हुन्। प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ताको समय जारी रहनेछ।

यसैगरी आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दर्ता हुने दलको संख्या १३ पुगेको छ। आइतबार नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टी दर्ता भएका छन्।

राष्ट्रिय सभाका लागि मंसिर १ गते ३ दल, दोस्रो दिन १ दल, तेस्रो दिन २ दल, पाचौँ दिन २ दल र सातौँ दिन ४ दल दर्ता भएका छन्। आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनमा भाग लिन मंसिर ७ गतेसम्म दर्ता प्रक्रिया खुला रहनेछ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार