एमाले सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण मुद्दा पुनः उठ्यो, अध्यक्ष ओली मौन

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय पुनः उठेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा संस्थापनइतर नेताहरूले भण्डारीको सदस्यता नवीकरणको निर्णय तत्काल गर्नुपर्ने माग राखेका हुन्।

एक संस्थापनइतर पदाधिकारीका अनुसार पहिले भएको निर्णय सच्चाएर भण्डारीलाई सदस्यता प्रदान गर्नुपर्ने माग फेरि उठाइए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले कुनै प्रतिक्रिया नदिएका छन्। “आज उहाँले त्यो विषय इग्नोर नै गर्नुभयो, कुनै जवाफ आएन,” पदाधिकारीले बताए।

भण्डारीको सदस्यता नवीकरण विषयमा UML का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू निरन्तर सदस्यता दिनुपर्ने पक्षमा छन्। अघिल्ला बैठकहरूमा ‘भण्डारीसँग भेटेर कुरा गर्ने’ भन्दै ओली पन्छिँदै आएका थिए भने आजको बैठकमा यस विषयलाई पूर्ण रूपमा बेवास्ता गरेको पदाधिकारीले बताए।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार