लैनचौरमा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचना महानगरले भत्कायो

२७ कात्तिक, काठमाडौं । काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काले निर्माण गरेका संरचना काठमाडौं महानगरपालिकाले आज बिहान डोजर लगाएर भत्काएको छ ।

महानगर प्रहरी टोली डोजरसहित बिहानै घटनास्थल पुगेर संरचना भत्काएको हो । खड्काले स्काउटको राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए । तर उनले लामो समयदेखि भाडा नतिरेकाले स्काउटले २० कात्तिकमा सूचना जारी गरी सात दिनभित्र भाडा चुक्ता गर्न म्याद दिएको थियो ।

आज म्याद सकिएपछि स्काउटले आफ्नो जग्गामा निर्माण भएका सम्पूर्ण भवन र सामग्री जफत गर्ने चेतावनी दिएको थियो । भाडा असुल नभए खड्काको सम्पत्तिबाट असुल गर्ने चेतावनीसँगै काठमाडौं महानगरले संरचना भत्काउने कार्य गरेको हो ।-O-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार