काठमाण्डौँ – कार्तिक १६ -माओवादी केन्द्रसँग एकताको प्रस्तावबारे नेकपा (एकीकृत समाजवादी) भित्रै नेताहरू विभाजित भएका छन्। पार्टीलाई पुनः एकीकृत गर्दै पुनर्गठन गर्ने टोली र एमालेमा फर्किने अभियान चलाउने टोलीबीच छुट्टै मोर्चा खुलेको छ।
पार्टी पुनर्गठन पक्षमा रहेका झलनाथ खनाल–घनश्याम भुसाल समूह गौशालामा बैठकमा व्यस्त छन् भने अर्कातर्फ रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, डा. वंशीधर मिश्र, होमबहादुर बुढाथोकी, पिताम्बर तिमिल्सिना, अर्जुन राई लगायत नेताहरू एमाले फर्किने पक्षधरहरूलाई एकीकृत गर्न अध्यक्षतासहित सक्रिय देखिएका छन्।
पुर्व सांसद किसान श्रेष्ठले एमालेसँगको समायोजन/सम्झौता पक्षधर नेताहरू एउटै लाइनमा आएको दाबी गरे।“कसैले हाम्रो टाउको नगने हुन्थ्यो। हामी कसैका पछि लागेका छैनौँ। अब एमालेमा फर्किने हो,” उनले भने।
यसरी माओवादी केन्द्रसँग सम्भावित एकताको एजेन्डाले नेकपा एसभित्र नै दुई फरक धार र खुला प्रतिस्पर्धी रेखा देखिन थालेको छ।


