सामाजिक सुरक्षा कोषमा ९४ अर्बभन्दा बढी रकम संकलन, १७ अर्बभन्दा बढी भुक्तानी

काठमाडौँ — सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब ९ करोड १ लाख ७९ हजार बराबरको रकम जम्मा भएको कोषले जनाएको छ। कोषले हालसम्म योगदानकर्ताहरूलाई रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम भुक्तानी गरेको छ।

कोषमा हालसम्म २५ लाख ९२ हजार १४१ जना सूचीकृत योगदानकर्ताहरू रहेका छन् भने २२ हजार १२५ जना रोजगारदाता सूचीकृत भएका छन्। रोजगारदाताको दायरालाई अझै विस्तार गर्न आवश्यक पहल भइरहेको कोषले जनाएको छ।

कोषका अनुसार, विभिन्न सुरक्षा योजना अन्तर्गत हालसम्म भुक्तानी गरिएको रकममध्ये

  • औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा अन्तर्गत रु २ अर्ब ४२ करोड ५० लाख ८१ हजार,
  • दुर्घटना तथा अशक्तता सुरक्षा अन्तर्गत रु २२ करोड ३१ लाख ६३ हजार,
  • आश्रित परिवार सुरक्षा अन्तर्गत रु २८ करोड ३५ लाख ९७ हजार, र
  • अवकाश दावी अन्तर्गत रु १४ अर्ब ३६ करोड १२ लाख आठ हजार भुक्तानी गरिएको छ।

कोषले सामाजिक सुरक्षाको दायरा विस्तार गर्न, थप रोजगारदाता सूचीकृत गराउन र योगदानकर्तालाई सेवा सुविधामा सहज पहुँच दिलाउन निरन्तर प्रयास भइरहेको जनाएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार