फरेन्सिक रिपोर्टअनुसार विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि गरिएको छ।

हमासको आक्रमणमा ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

कञ्चनपुर, कार्तिक ४ —

हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

बिहान ८ बजे भीमदत्त नगरपालिका–५ स्थित विपीनको निवासबाट निकालिएको शवयात्रा महाकाली नदीको भुजेला घाटसम्म पुर्‍याई अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि नेपाल प्रहरीको शसस्त्र बलले शोक सलामी अर्पण गर्दै विपीनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी, इजरायली दूतावासका अन्य दुई प्रतिनिधि, विपीनका आफन्तजन, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

विपीन जोशीको शव इजरायलले सोमबार नेपाल सरकारलाई स-सम्मान हस्तान्तरण गरेको थियो। इजरायली पक्षले उपलब्ध गराएको फरेन्सिक परीक्षणको रिपोर्टअनुसार, जोशीको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि गरिएको छ।

विपीन जोशी केही समयदेखि रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत थिए। हमासले इजरायलमा गरेको आक्रमणका क्रममा उनी मारिएका थिए। उनका मृत्युपछि इजरायल–नेपाल दुबै देशमा शोक व्यक्त गरिएको छ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार