देशभर पहिरोले सात प्रमुख राजमार्ग ठप्प, यात्रु अलपत्र

देशभर पहिरोले सात प्रमुख राजमार्ग ठप्प, यात्रु अलपत्र

देशभर पहिरोले सात प्रमुख राजमार्ग ठप्प, यात्रु अलपत्र

देशभर अविरल वर्षासँगै आएको बाढी–पहिरोले सात प्रमुख राजमार्गमा यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अबरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् भने सम्बन्धित निकायले सडक खुलाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

चितवनको तुइनखोलामा आएको ठूलो पहिरोका कारण देशकै व्यस्त सडकखण्ड नारायणगढ–मुग्लिङ सडक पूर्णरूपमा बन्द भएको छ। कोशी प्रदेशमा संखुवासभाको भोटखोला–४ वरुण र मकालु–३ एकुवामा समेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैगरी, बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड–२ मा नेपाल–चीन जोड्ने पुल भत्किँदा आवागमन रोकिएको छ भने उत्तरगया–५ नौविसेमा सडक एकतर्फी सञ्चालन भइरहेको छ। सिन्धुपाल्चोकको भोटेकोशी–२ कोदारीमा गएको पहिरोले समेत यातायात ठप्प पारेको छ।

गण्डकी प्रदेशमा म्याग्दीको बेनी–४ घुमाउने भीरमा सडक पूर्ण अवरुद्ध छ भने नवलपरासी पूर्वको गैँडाकोट–३ तरङ्खोला र विनयी त्रिवेणी–२ विश्वकर्मा मन्दिर नजिक पैसठ्ठी मोडमा एकतर्फी मात्र गाडी सञ्चालन भइरहेको छ।

कर्णाली प्रदेशमा जाजरकोटको नलगाड–११ भिरकुनामा बाटो पूर्णरूपमा अवरुद्ध छ। त्यस्तै, रुकुमपूर्वको भुमे–४ काँडाबगर र पाल्पाको तानसेन–धोविधारामा पनि सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

यात्रुहरू लामो समयदेखि बाटोमै अलपत्र परेका कारण जनजीवन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार विभिन्न स्थानमा पहिरो पन्छाउने र सडक मर्मत गर्ने काम तीव्र गतिमा चलाइँदैछ।

👉 बाढी–पहिरोका कारण सात प्रमुख राजमार्ग ठप्प, धेरै ठाउँमा एकतर्फी मात्र आवागमन
👉 यात्रुहरू बाटोमै अलपत्र, जनजीवन कष्टकर
👉 सडक खुलाउन प्रहरी, सशस्त्र प्रहरी र सडक विभाग परिचालन

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार