रास्वपा नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल च#लान

रास्वपा नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल च#लान

रास्वपा नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल च#लान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल चला#न भएका छन्।
चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजकका रूपमा सक्रिय रहेका थिए।
कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको थियो। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
न्यायाधीश डिल्लीराम अर्यालको इजलासबाट आएको आदेशअनुसार कँडेललाई थुनामा राखिएको अदालतले पुष्टि गरेको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार