आज विश्वकर्मा पूजा : धातुजन्य उपकरण र मेसिनरीको पूजा
चितवन, १ असोज । आज देशभर विश्वकर्मा पूजा गरिँदै छ। औद्योगिक क्षेत्र, कारखाना, वर्कसप, यातायात तथा मेसिनरी प्रयोग हुने स्थानहरूमा धातुजन्य उपकरण र मेसिनरीको पूजा गर्ने परम्परा अनुसार श्रद्धापूर्वक पूजा अर्चना भइरहेको छ।
विश्वकर्मालाई वास्तु, निर्माण र शिल्पकला देवता मानिने भएकाले विशेषगरी काष्ठ, लोहा, फलाम, मेसिन तथा विभिन्न धातुजन्य उपकरण प्रयोग गर्ने व्यवसायी र प्राविधिकहरूले आजको दिनलाई विशेष महत्व दिने गर्छन्।
यस अवसरमा उद्योग–व्यवसायिक प्रतिष्ठानहरूमा मेसिनरीको मर्मत, सरसफाइ र उपकरणहरूको संरक्षण गर्ने प्रचलन पनि रहेको छ।


