चितवन, चैत ९ — चितवनको रत्ननगर नगरपालिका–९, निपनी चोकमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो करिब ३:२५ बजे खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल बोकेको ट्याङ्करले भित्री सडकबाट मुख्य सडकमा निस्कँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–७ निवासी अन्दाजी ३०–३५ वर्षीया मीना रेग्मीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। स्कुटर चालक ५३ वर्षीय पूर्ण सापकोटा भने सकुशल रहेका छन्कल तथा एउटा साइकललाई समेत ठक्कर दिँदा ती सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ।
ट्याङ्कर चालक राप्ती नगरपालिका–७ बस्ने २४ वर्षीय सुजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि केही समय यातायात अवरुद्ध भए पनि हाल डाइभर्ट गरी सञ्चालनमा ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।-0-


