मातृकाको प्रमाणपत्र कायम रहने

सर्वोच्चले किशोरी यादवको पक्षमा अन्तरिम आदेश दिएन,

काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी यादवको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय हाललाई कायम रहने भएको छ ।

यादवले आयोगको निर्णय खारेज गर्न माग गर्दै आयोगमा रिट हालेका थिए । तर आयोगले अन्तिम फैसलाअनुसार हुने गरी हाललाई अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो ।

यससँगै धनुषा १ मा नेकपाका उम्मेदवार मातृका यादवले पाएको विजयी प्रमाणपत्र हाललाई जोगिएको छ ।

आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै यादवले दिएको अर्को रिटमाथि फैसला हुन बाँकी छ । उक्त फैसलासँगै धनुषा १ को अन्तिम टुंगो लाग्ने छ । हाललाई नेकपाका यादवले शपथ खान पाउने अवस्था देखिएको छ ।

रास्वपालाई दुई तिहाइ बहुमत पुर्याउन धनुषा १ माथि अदालतको आदेश महत्वपूर्ण थियो । रास्वपा दुई तिहाइ बहुमतबाट २ सिटले मात्रै टाढा छ ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार