झापाका स्थानीयलाई 'गालीगलौज गरेको' भन्दै

झापाका स्थानीयलाई ‘गालीगलौज गरेको’ भन्दै रविरत्न चुडाल पक्राउ

हरीले रविरत्न चुडाललाई पक्राउ गरेको छ।

उनलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको एसएसपी सन्तोष खड्काले जानकारी दिए।

प्रहरीका अनुसार उनी काठमाडौंबाट पक्राउ परेका हुन्।

रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनाव जितेपछि चुडालले सामाजिक सञ्जालमा झापाका स्थानीयलाई लक्षित गर्दै गालीगलौज गरेका थिए।

‘हामीलाई झापाको मानिसलाई गालीगलौज गरेको भनेर गुनासो आयो। त्यही भएर पक्राउ परेका हुन्,’ एसएसपी खड्काले भने, ‘सामाजिक सञ्जालमा तथानाम गाली गर्न पाइन्न। आफ्नो कुरा राख्नेक्रममा कसैको मान मर्दन गर्न हुँदैन।’

उनीविरूद्ध धरान प्रहरी कार्यालयमा पनि साइबर अपराधको उजुरी छ। त्यहाँ महिला पत्रकारलाई गाली गलौज गरेको आरोपमा विद्युतीय कारोबार ऐन अनुसार पक्राउ पुर्जी छ।

उनी नेकपा अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। केही समयअघि सम्म उनी दुर्गा प्रसाईंका भान्जा भनेर समेत चर्चामा आउने गरेका थिए।

अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काले सामाजिक सञ्जालको प्रयोग गर्दा सभ्य भाषाको प्रयोग गर्न अनुरोध गरे।

‘अपशब्द बोलेर गाली गर्न कसैलाई पाइन्न। आफ्नो विचार प्रकट गर्न पाइन्छ। तर उहाँले जस्तो तथानाम, अपशब्द बोल्न पाइन्न। यस्तो नगर्न अनुरोध छ,’ उनले भने।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार