पाँच उमेदवारविरुद्ध उजुरी : प्रतिनिधिसभा निर्वाचन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवारी दिएका पाँच उमेदवारविरुद्ध उजुरी परेको छ ।

निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उमेदवारी दिएका उमेदवारविरुद्ध उजुरी परेको छ ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा दुईजना, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा एकजना, रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा एकजना र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एकजना उमेदवारविरुद्ध उजुरी परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति माघ ६ गते सबै निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८७ उमेदवारको मनोनयन पत्र दर्ता भएको थियो ।

आयोगले तालिकाअनुसार मंगलबार (माघ ६) देशैभर उमेदवारको मनोनयन पत्र दर्ता भएको थियो । मनोनयन पत्र दर्ता गरेका उमेदवारहरूउपर बुधबार (माघ ७) बिहान १० देखि दिउँसो ३ बजेसम्म दाबीविरोध पेस गर्ने समय तोकिएको थियो ।

“आज मिति २०८२  माघ ७ गते बिहान १० बजेदेखि दिनको ३ बजेसम्म दाबीविरोध पेस गर्ने कार्यक्रम रहेकोमा सो अवधिमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा दुईजना, सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा एकजना, रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा एकजना र कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा एकजना उमेवारविरुद्ध उजुरी परेको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त भएको छ,” आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार