रौतहट–४ बाट उमेदवारी दिँदै ऋषि धमला

काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष तथा ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका सञ्चालक ऋषि धमला रौतहट–४ मा प्रतिनिधिसभा सदस्य उमेदवार  बन्ने भएका छन् ।

धमलाले आजदेखि कार्यक्रम सञ्चालन नगर्ने बताएका छन् । उनले रौतहट–४ मा स्वतन्त्र उमेदवारी दिन लागेका हुन् ।

“जनता जान्न चाहन्छन् सहित मेरा सबै अन्तर्वार्ता र कार्यक्रम छोडेर मंगलबारदेखि राजनीतिमा होमिन लागेको छु,” धमलाले  भने, “म कुनै पार्टीसँग आबद्ध छैन, रौतहट ४ मा स्वतन्त्र उमेदवारी दिँदै छु।”-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार