कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पुस १८ गते शुक्रवार दिउँसो ३ बजेका लागि कांग्रेसले बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

यसअघि आजै पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने आशयको विज्ञप्ति जारी गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार