कांग्रेस संस्थापनले तोक्यो प्रदेशबाट समानुपातिक उमेदवार छान्न सात नेता

काठमाडौं -पुस १२। नेपाली कांग्रेसको संस्थापन पक्षले हरेक प्रदेशबाट समानुपातिक उमेदवार छान्न सात नेतालाई जिम्मेवारी दिएको छ ।  सभापति शेरबहादुर देउवाको निर्देशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समानुपातिकतर्फका उमेदवार छान्न नेताहरूलाई जिम्मेवारी तोकेका हुन् ।

तोकिएका ती नेताहरूको नाम बाहिर सार्वजनिक नगर्ने समझदारी गरिएको संस्थापन पक्षका एक नेताले बताए । ती नेताका अनुसार, संस्थापन पक्षबाट कोसी प्रदेशको समानुपातिक सूची ‘फाइनल’ गर्न पूर्वअर्थमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी तोकिएको छ ।

मधेस प्रदेशबाट समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन सहमहामन्त्री महेन्द्र यादवलाई जिम्मेवारी तोकिएको छ । वाग्मती प्रदेशबाट सूची ट्ुंग्याउन पार्टी प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री समेत रहेका सुरेन्द्रराज पाण्डेलाई यो कार्यका निम्ति संयोजक तोकिएको छ । लुम्बिनी प्रदेशमा बालकृष्ण खाँणको संयोजनमा समानुपातिक सूची तयार पार्न जिम्मेवारी तोकिएको छ ।

यस्तै, कर्णाली प्रदेशमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नै हेर्ने गरी प्रदेश सभापति जीवनबहादुर शाहीलाई संयोजक तोकिएको छ । समानुपातिक सूची टुंग्याउन सुदूरपश्चिम प्रदेशमा प्रदेश सभापति वीरबहादुर बलायरलाई नै संयोजक तोकिएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार