काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेको छ। टोलीमा सोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र विपिन आचार्यलगायतका नेताहरू सहभागी रहेका छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार रास्वपाका नेताहरूसँग प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक विषयवस्तु र निर्वाचन केन्द्रित छलफल गर्ने तयारी गरेकी हुन्।
तुलसीपुर उच्च अदालतको आदेशअनुसार बिहीबार धरौटीमा रिहा भएका लामिछाने शुक्रबार थुनामुक्त भएका थिए। त्यसपछि आइतबारदेखि उनले पुनः पार्टीको सभापतिको जिम्मेवारी सम्हालेका छन्।


