इस्लामावादमा आत्मघाती विस्फोट : १२ जनाको मृत्यु, जिम्मा पाकिस्तानी तालिवानले लियो

पाकिस्मतान – मङ्गलबार पाकिस्तानको राजधानी इस्लामावादस्थित न्यायिक परिसरमा भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु र २७ जना घाइते भएका छन्। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीका अनुसार विस्फोट न्यायिक परिसरभित्र भएको हो, जहाँ धेरै जिल्ला अदालतहरू रहेका छन्।

आक्रमणपछि पाकिस्तानी तालिवानी समूह (टीटीपी) ले विज्ञप्ति जारी गर्दै उक्त घटनाको जिम्मा लिएको छ। समूहले ‘इस्लामावादमा न्यायिक आयोगमाथि आफ्ना लडाकुहरूले आक्रमण गरेको’ बताउँदै गैर–इस्लामिक कानूनअन्तर्गत फैसला गर्ने न्यायाधीश, वकिल र अधिकारीहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ।

समूहले मुस्लिम बहुल पाकिस्तानमा इस्लामिक शरिया कानून लागू नभएसम्म थप आक्रमणहरू गर्ने चेतावनी पनि दिएको छ। विस्फोटपछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा पुर्‍याइएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार