अन्तर्राष्ट्रिय धार्मिक कथा वाचक देवी प्रतिभा “अमेरिका कथा वाचन यात्रा–२०२६” का लागि अमेरिका जाँदै

अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त धार्मिक कथा वाचक देवी प्रतिभा सन् २०२६ को “अमेरिका कथा वाचन यात्रा” मा सहभागी हुने भएकी छन्। Well Done Creations को आयोजनामा मार्चदेखि जुलाई २०२६ सम्म अमेरिकाका विभिन्न राज्यहरुमा उनको कथा–प्रवचन, भजन संध्या, पूजापाठ र आरती कार्यक्रमहरू हुनेछन्।

उनको सम्पूर्ण भिषा प्रक्रिया पूरा भइसकेको र उनी P-3 भिसा मा अमेरिका जाने कार्यक्रम रहेको बताइएको छ।

देवी प्रतिभाले भनिन् —

“कथा केवल सुनाउने कुरा होइन, यो भगवानको वाणी हो। म अमेरिकामा रहेका नेपाली तथा भारतीय समुदायसँग भक्ति, संस्कार र धर्मको सन्देश बाँड्न चाहन्छु।”

मुख्य मुख्य कार्यक्रमहरू

  • भगवद् गीता प्रवचन — श्रीकृष्णको शिक्षाबाट जीवन र धर्मको दर्शन
  • कथा वाचन — राधा–कृष्णको आध्यात्मिक संवाद
  • भजन, पूजापाठ र आरती — भक्ति र आध्यात्मिक अनुभूति
  • सांस्कृतिक समुदाय भेटघाट — नेपाली धर्म, संस्कार र एकताको उत्सव

अमेरिकाको ओहायो, पेन्सिलवेनिया, एक्रोन, कोलोराडो, बोस्टन, मेरिल्यान्ड, भर्जिनिया, न्युयोर्क, टेक्सास, क्यालिफोर्निया, यूटा, नर्थ–कैरोलिना, इलिनोईस लगायतका विभिन्न राज्यहरुमा कार्यक्रम हुने प्रारम्भिक तयारी भएको आयोजकले जनाएको छ।

पछिल्ला वर्षहरूमा नेपाल, भारत लगायतका देशहरूमा अध्यात्मिक कथा–प्रवचनमार्फत हजारौं भक्तजनका हृदय जितेकी देवी प्रतिभाको अमेरिका यात्रा धर्म, श्रद्धा र नेपाली संस्कृतिको पुनर्जागरणको महत्वपूर्ण यात्राको रूपमा हेरिएकोछ।

सम्पर्क

Well Done Creations

📧 Email : welldonecreations@gmail.com

📱 WhatsApp : +१ ४४३–४००–९२७३

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार