बालेनविरुद्ध उजुरी लिएर साइबर ब्युरो जाँदै युवा संघ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उजुरी लिएर नेकपा (एमाले) निकट युवा संघको एक टोली साइबर ब्युरो जाने भएको छ । बालेनले सामाजिक सञ्जालबाट अशोभनीय गालीगलौज दिएको आरोपसहित आफूहरू साइबर ब्युरो जान लागेको संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

“उहाँ (बालेन)ले सामाजिक सञ्जालमा गरेका गालीगलौज गरिरहनुभएको छ । त्यसविरुद्ध हामी आज दिउँसो २ बजेतिर साइबर ब्युरो जाँदै छौँ ।यसअघि, एमालेनिकट अनेरास्ववियुले प्रहरीमा बालेनविरुद्ध उजुरी दिएको थियो । त्यतिबेला अनेरास्ववियुले जेनजी आन्दोलनमा बालेनको भूमिका रहेको दाबीसहित उजुरी दिएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार