चितवन – २०७२ सालमा तत्कालीन डिभिजन सहकारी कार्यालय भरतपुरमा दर्ता भई सेवा प्रारम्भ गरेको सो सहकारी संघीय संरचना आएपछि कालिका–२ मा दर्ता कायम राख्दै सहकारी ऐन तथा नियमावलीअनुसार निरन्तर सेवा गर्दै आएको संस्थाले जनाएको छ ।
३० जना महिलाको प्रारम्भिक समूह र जम्मा ८ लाख पूँजीबाट सुरु भएको सहकारीमा हाल ५४६ जना महिला सदस्य छन् । बचत, शेयर तथा विविध कोषमार्फत संस्थाको कुल पूँजी अहिले करिब २ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
आर्थिक सशक्तीकरणसँगै सहकारीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । बाख्रा पैचो कार्यक्रम अत्यन्त प्रभावकारी रहेको जनाइएको छ । साथै पशुधनको बीमा, बाली बीमा, वातावरण संरक्षणका कार्यक्रम, वृक्षारोपण, सरसफाइ, हरित सडक निर्माणदेखि घरेलु हिंसा, मानव बेचबिखन तथा लागुऔषध दुरुपयोगविरुद्धका सचेतना अभियान पनि सहकारीले नियमित अघि बढाउँदै आएको बताइएको छ ।

दशौं स्थापना दिवसको अवसरमा आज विशेष समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कालिका नगर प्रमुख विनोद रेग्मीले सहकारीले बचत संस्कार विकास र महिलाको सशक्तीकरणमा पु¥याएको योगदानको प्रशंसा गर्दै नगरपालिकाले योजनामा निरन्तर साथ र सहयोग संग संगै कालिका नगरपालिकाको कला संस्कृतिको संरक्षणको प्रतिनिधित्व गर्दै चेतना चेली बहुऊद्देश्येयी महिला दिदी बैनी हरुलो पन्चै बाजा सिकेर अगाडि बढ्न आवश्यक रहेको र नगरपालिका ले पुर्ण साथ दिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष लक्ष्मण पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघ चितवनका अध्यक्ष भिष्म खनाल, कालिका नगर सहकारी शाखा प्रमुख प्रकाशचन्द्र पौडेल, र पशु सेवा शाखा प्रमुख डा. राजु प्रसाद न्यौपाने, कालिका न.पा ७ का संस्थापक जनप्रतिनिधी तथा युवा समाजसेवी उमाकान्त सापकोटा ले शुभकामना मन्तव्य राखेका थिए।
स्थापना कालदेखि संस्थाको विकासमा महत्वपूर्ण योगदान दिएकी बुद्धिमाया घलेलाई सम्मान पनि गरिएको थियो । सो अवसरमा सहकारीका सदस्य चेलीहरूले सरोकारवालासँग सहकारीको भूमिका र स्थानीय तहको जिम्मेवारीबारे अन्तरक्रिया तथा सवाल–जवाफ सत्र सञ्चालन गरेका थिए ।
भजन, चुट्का र प्रस्तुतीमार्फत सहकारीको यात्रा, उपलब्धि र प्रभावबारे रोचक प्रस्तुतीसमेत गरिएको सो कार्यक्रमको अध्यक्षता सहकारी अध्यक्ष विष्णु लामाले गरेकी थिइन् ।




