पश्चिम नेपाली पहाडमा आज–भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि (२ दिन) देशको पश्चिमी भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको आंशिक प्रभावको कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम स्तरसम्म हिमपातको सम्भावना रहेको विभागको भनाइ छ। काठमाडौंदेखि पूर्वतर्फ भने खासै प्रभाव नपर्ने अनुमान गरिएकेा छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’, अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले गत बिहीबारदेखि शनिबारसम्म देशका धेरै ठाउँमा पानी परेको थियो। अहिले पनि मौसम पूर्ण रुपमा सफा भइसकेको छैन।

← Back

Thank you for your response. ✨

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार