६ महिना बाँकी राहदानी, टिकट र स्वघोषणा पत्र अनिवार्य

भिसिट भिसामा विदेश भ्रमणका लागि नयाँ मापदण्ड लागू

काठमाडौँ — सरकारले भिसिट भिसामा विदेश भ्रमण गर्न चाहने नेपालीका लागि नयाँ मापदण्ड लागू गरेको छ। गृह मन्त्रालयले विगतमा प्रयोग हुँदै आएको मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था तत्काल प्रभावबाट कार्यान्वयनमा ल्याएको हो।

नयाँ मापदण्डअनुसार अब भिसिट भिसामा विदेश भ्रमण गर्न इच्छुक नेपाली नागरिकले कम्तीमा छ महिनाभन्दा बढी अवधि बाँकी रहेको राहदानी अनिवार्य रूपमा बुझाउनुपर्नेछ। साथै, सम्बन्धित मुलुकको भिसा पनि प्रस्तुत गर्नुपर्नेछ। तर, ‘भिसा अन अराइभल’ उपलब्ध हुने देशमा जाने यात्रुका लागि भिसा अनिवार्य हुने छैन।

यात्राका लागि गन्तव्य मुलुकको हवाई टिकट, भ्रमणको प्रयोजनसँग सम्बन्धित कागजातहरू, तथा भ्रमणबाट सिर्जित परिणामको सम्पूर्ण जिम्मेवारी स्वयं लिने स्वघोषणा पत्र अनिवार्य गरिएको छ।

मन्त्रालयका अनुसार नयाँ मापदण्डले भिसिट भिसाको दुरुपयोग नियन्त्रण गर्न र विदेश भ्रमण प्रक्रियामा पारदर्शिता ल्याउने उद्देश्य राखिएको छ। पछिल्ला वर्षहरूमा भिसिट भिसाको नाममा विदेशी रोजगार तथा मानव बेचबिखनसम्बन्धी समस्या बढ्दै गएपछि सरकारले नीतिगत सुधारको कदम चालेको हो।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार