मोन्था चक्रवातको प्रभाव कायमै : कोशी र मधेशमा भारी वर्षा, उच्च हिमाली भेगमा अझै हिमपातको सम्भावना

काणमाण्डौँ १४ कार्तिक २०८२- बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक प्रभावका कारण देशका पूर्वी र तराईका केही भागमा मध्यमदेखि भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रभाव मुख्यतः कोशी र मधेश प्रदेशमा केन्द्रित रहेको छ।

विभागका अनुसार पछिल्ला तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा र सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन गरिएको छ। लगातारको वर्षाका कारण केही स्थानमा नदीनालाको जलस्तर बढ्ने र सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

आज दिनभर कोशी र मधेश प्रदेशका विभिन्न स्थानमा अझै पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगहरूमा हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।

तर, भोलि (शनिबार) बिहानदेखि क्रमशः मौसममा सुधार आउने अनुमान गरिएको छ। विभागले किसान, यात्रु र सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार