घुस लिँदै गर्दा लेखा अधिकृत पक्राउ

घुस लिँदै गर्दा लेखा अधिकृत पक्राउ

दैलेख – दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत १ लाख घुससहित पक्राउ परेका छन्। सडक निर्माणको बिल भुक्तानी गर्ने क्रममा घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

आरोपित लेखा अधिकृतले निर्माण व्यवसायीसँग भुक्तानी अघि बढाउनका लागि रकम मागेको र सोही क्रममा १ लाख घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार