रसुवा बाढीपीडितको उद्धार आज बिहानैदेखि, गम्भीर घाइतेलाई काठमाडौं ल्याइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज (बिहीबार) बिहानैदेखि उद्धार गरिने भएको छ।

उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिने भएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रमा रहेका घाइते तथा जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा उद्धार गर्ने तयारी गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका उपचार क्याम्पमा लगिनेछ।

गम्भीर अवस्थाका घाइतेलाई भने तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार गरिनेछ। घाइतेको अवस्थाअनुसार प्राथमिकीकरण तथा वर्गीकरण गरी उद्धार र उपचारलाई अघि बढाइने मन्त्रालयले जनाएको छ।

यसैबीच, बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार