भोटेकोशी बाढीमा फसेकाहरूको उद्धारका लागि सरकारसँग गुहार

रसुवा । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा फसेका नागरिकले उद्धारका लागि सरकार तथा प्रशासनसँग गुहार माग्ने क्रम बढेको छ।

टिमुरे र स्याफ्रुबेँसीबाट करिब १ हजार जनाले उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा फोन गरी सहयोगको अपिल गरेको प्राधिकरणका अधिकारीले बताएका छन्। बाढीका कारण कतिपय मानिस रूख तथा डाँडामा बसेर उद्धारको पर्खाइमा रहेको उनीहरूले जानकारी गराएका छन्।

यसैबीच, प्रभु बैंकका टिमुरे र स्याफ्रुबेँसी शाखामा कार्यरत १० कर्मचारीमध्ये तीन जना तथा नबिल बैंकका एक कर्मचारी सम्पर्कविहीन रहेको भन्दै खोजी तथा उद्धारका लागि आग्रह गरिएको छ।

बाढीका कारण रसुवाको उत्तरी क्षेत्रमा जनजीवन प्रभावित बनेको छ भने फसेका नागरिकको तत्काल उद्धारका लागि सुरक्षा निकाय तथा सम्बन्धित निकाय परिचालन भइरहेको जनाइएको छ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार