काभ्रेमा यात्रुवाहक बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार बस विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त बस सुँगुरेतर्फ जाँदै गरेको बताइएको छ।

प्रहरीले घटनास्थलबाट केही शव संकलन गरेको छ भने घाइतेहरूको उद्धार कार्य जारी रहेको जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र हताहतको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सुरक्षाकर्मी, स्थानीयवासी तथा उद्धार टोली घटनास्थलमा परिचालित भएका छन्।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार